(लघु कथन)
काठको बाकस
सरण राई
काठको बाकस
सरण राई
मलामिबाट फर्की सकेपछी दिनभरका घटनाहरु दिमागमा आई रहेका छन् | उकाली
चढीसकेपछी काठको बाकस (लास राखेको कफिन ) बिसर्जन गर्न खनेको खाल्डो छेउ पुगियो |
मुसलधारे झरी परेर बिस मिनट केहि गर्न दिएन | झरी थामीए पछी संस्कारने काम
मृतकको नम्बरिले शुरु गरे |
"खोइ स्क्रु ड्राइभर , कसले बोकेको छ ?"
मृतक पुर्व भारतीय सैनिक थिए | सत्र वर्ष त्यहाँ काम गरेपछि अफगानिस्थानमा सैनिक भएर भर्ति भएका थिए | काबुलमा ड्युटी गरिरहेकै बेला बिद्रोहीको गोली लागी उनको प्राण गएको थियो | उनको लास काठको बाकसमा राखेर घर पठाईएको थियो | त्यो बाकस खोलिएको थिएन |
बाकस खोले पछी पत्नी छोराछोरीहरु लास हेरेर रुन थाले | सबै मलामिहरुको मन नमीठो भयो | उसका पुर्व नम्बरी चार जनाले पल्टनको झण्डा ओडाएर अन्तिम सलामी दिए | त्यसपछि एक मिनट मौन धारण गरेर काठको बाकस खाल्डोमा राखियो | मृत्यु संस्कार सम्पन्न भयो |
मैले मलामिहरुको अनुहार हेरेँ | बिभिन्न प्रतिक्रियाहरुको भाव खेलिरहेको थियो |
मुलुकमा गणतन्त्र अाईसकेपछी पनि देशवासीहरु विदेशीका लागि मारिने मर्ने पद्दत्ति रही रहनु ... दोष कसको हो ? सरकार , नेता र दलहरुलाई सर्वसाधारणहरुको जीवनसँग वास्ता नहुनु ,माया नहुनु र उनीहरुका लागि केहि गर्न नचाहनु .... कति दु:खदायी छ | त्यस्ता सरकार, नेता र दलहरुका पछी अन्धा भएर लाग्नेहरु झन् धिक्कारका कुपात्रहरु हुन् |
२०७३ जेठ १९ , धरान

No comments:
Post a Comment